राष्ट्रिय सभामा आज चार विधेयक पेश हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभामा आज चार विधेयक पेश हुँदै


२६ भाद्र २०७६, बिहिबार


काठमाडौं । राष्ट्रिय सभामा आज चार विधेयक पेश हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, विज्ञापन नियमन गर्ने विधेयक, वातावरण संरक्षण विधेयक र वन विधेयक पेश हुने छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित परिचयपत्र तथा पञ्जिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा राख्नेछन् ।

त्यस्तै, विज्ञापन नियमनसम्बन्धि प्रथिनिधिसभाले गरेकने संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव राख्ने बैठकको कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित वातावरण संरक्षण विधेयक र वन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस