दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता हुने


२५ भाद्र २०७६, बुधबार


काठमाडौँ । नेपाल शिन क्योकुशिन कराते संघ, गुर्जधारा शाखाको आयोजनामा ‘दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता’ काठमाडौंको गर्जुधारामा हुने भएको छ।

बुधबार राजधानीको त्रीपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता भदौंको २७ र २८ गते हुने आयोजक संस्थाका अध्यक्ष विक्रम नकर्मीले जानकारी दिए।

अध्यक्ष नकर्मीका अनुसार पुरुषतर्फ ५ र महिलातर्फ २ गरि कुल ७ तौल समूहमा प्रतियोगिता हुनेछ।

प्रतियोगितामा विभिन्न २२ जिल्लाका १७५ जना खेलाडीहरुको सहभागीता रहने बताइएको छ। प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय हुने खेलाडी तथा पुरुष र महिला तर्फ उत्कृष्ट खेलाडीलाई नगद सहित शिल्ड प्रदान गरिने अध्यक्ष नकर्मीले जानकारी दिए।

त्यसैगरि, फुल कन्ट्र्याक्ट कराते प्रतियोगिताको ईतिहास मै पहिलोपल्ट प्रत्येक खेलाडीलाई २ लाख रुपैया सम्मको खेलाडी बीमा गरिएको आयोजक संस्थाका संरक्षक कुमार श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले र समापन चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस