२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक्नुपर्ने सांसदको माग

अ+ अ-

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिले आज पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजना गरेको गुरुयोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पशुपति क्षेत्रमा मान्छे गाड्ने चिहानघारी बनाउनु नहुने बताए ।

‘अरु देशमा शव गाड्नेले आफैँ जमिन किन्छन्, यसरी किनिएको जमिन पनि ५० वर्षसम्मलाई हुन्छ, यस्तो मैले इटाली भ्रमणमा जाँदा पनि देखेको थिएँ, आर्यघाट र भष्मेश्वर घाटमा दाउराबाट शव जलाउँदा समेत प्रदुषण फैलिएकाले विद्युतीय शवदाह गृहबाट जलाउन प्रोत्साहन गरिनुपर्छ’, उनले भने ।

पशुपति क्षेत्रमा सफाइ कर्मचारी सङ्ख्या बढाएर पर्यटकलाई आऊँ आऊँ लाग्ने बनाउनुपर्ने सुझाव पनि नेता नेपालले दिए । विश्वका एक अर्ब हिन्दूले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्ने गरेको उल्लेख गर्दै उनले तिनलाई आकर्षित गर्न सके नेपालको धार्मिक पर्यटन प्रवर्द्धन हुने बताए ।

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पनि पशुपति क्षेत्रमा शव गाडेर सिमेन्टको संरचना बनाएर कुरूप बनाउनु नहुने विचार राखे । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने नाङ्गा एवं गाँजा, भाङ र धतुरो खानेलाई पनि रोक लगाउनुपर्ने उनको भनाइ थियो ।

सांसद मोहन बानियाँले पशुपति क्षेत्रको पूर्वाधार निर्माण एकद्वार नीतिअन्तर्गत कोषले मात्र निर्माण एवं सम्पदा संरक्षणको काम गर्नुपर्ने बताए । पशुपति क्षेत्रलाई मसानघाट बनाउन दिनुनहुने उनको विचार थियो । १२६ जाति सबैलाई पशुपति क्षेत्रमा शव गाड्न दिए पशुपति क्षेत्रको सांस्कृतिक महत्व नै नष्ट हुने सांसद बानियाँको भनाइ थियो ।

सांसद नारदमुनि रानाले पशुपतिका मूलभट्ट एवं भट्टले शपथ खाने ११ शिवलिङ्ग व्यक्ति/व्यक्तिको घरभित्र रहेकाले तिनलाई कहिले मुक्त गरिने हो भनी प्रश्न गरे। भ्रमण वर्षलाई सहयोग पुग्ने गरी पशुपतिमा सूचना एवं जानकारी दिने व्यवस्था गर्न पनि उनले माग गरे ।

उपसमिति संयोजक सांसद सुजिता शाक्यले शौचालयमा पनि पुरातात्विक महत्वका उमामहेश्वर लगायत महत्वपूर्ण मूर्ति भेटिएकाले कोषलाई व्यवस्थित गर्न निर्देशन दिए । पशुपति क्षेत्रलाई आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने गरी गुरुयोजना निर्माण गर्न पनि उनले सुझाव दिए ।

कोटेश्वर–जडीबुटी–बौद्ध हुँदै चक्रपथ बिस्तार गर्न माग

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण गरी प्रतिवेदन तयार पारिरहेकाले गुरुयोजना निर्माणमा ढिलाइ भएको बताए । चैत मसान्तसम्म गुरुयोजना तयार पार्ने गरी काम अघि बढाइएको उनले संसदीय समितिलाई जानकारी दिए ।

‘कोटेश्वरबाट गौशाला हुँदै चावहिल निस्कने चक्रपथ १२ लेनमा बिस्तार गरिने भन्ने सुन्नमा आएको छ, विमानस्थलबाट चावहिलसम्म पशुपति क्षेत्र पर्छ, तिलगङ्गाबाट चावहिलसम्म महत्वपूर्ण सांस्कृतिक सम्पदा छन्, सयौँ वर्ष पुराना पुरातात्विक महत्वका यी सम्पदा भत्काउन मिल्दैन, यसैले चक्रपथलाई कोटेश्वरबाट जडीबुटी हुँदै बौद्धलाई पनि भित्र पारेर चक्रपथ लैजान गुरुयोजनामा प्रस्ताव गर्दैछौँ’, सदस्य सचिव ढकालले भने ।

सम्पदा क्षेत्रबाट ठूला सवारी आवागमन हुँदा जयवागेश्वरी, निर्वाणेश्वर/निर्वाणेश्वरी, धन्दो चैत्य लगायत पुरातात्विक संरचमा ध्वनि एवं धुलोले असर गरेकाले पनि चक्रपथ सार्नुपर्ने कोषको माग छ । पशुपति क्षेत्रका सम्पदा सार्न नमिल्ने भएकाले चक्रपथ सार्न पहल गरिदिन पनि उनले समितिका सांसदहरुसँग अनुरोध गरेका थिए ।

गुरुयोजना निर्माण समिति संयोजक एवं कोषका पूर्व सदस्य सविच चेतोनाथ गौतमले कम्तीमा आगामी ५० वर्षसम्मलाई हेरेर पशुपति क्षेत्रको गुरुयोजना बनाउन लागिएको सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ध्रुवस्थलीबाट संरक्षित स्मारक क्षेत्र शुरु हुन्छ । यहीँ नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थलका विस्तारका क्रममा संरचना बनाउन लागेको सुनिएकाले छलफल गरेर मात्र अघि बढ्नुपर्ने पूर्व सदस्य सचिव गौतमको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस