अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट बर्खास्त « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट बर्खास्त


२५ भाद्र २०७६, बुधबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् ।

बोल्टनले अफगानिस्तादेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा फरक मत राखेका कारण राष्ट्रपति ट्रम्पले उनलाई पदबाट बर्खास्त गरेका हुन् ।

राष्ट्रपति ट्रमपले ट्विटमार्फत बोल्टनसँग आफू असहमत रहेको कारण राजीनामा माग गरेको बताएका छन् । तर, बोल्टनले भने आफूले नै राजीनामा गरेको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

बोल्टन २०१८ यता पदमा रहेका ट्रम्पका तेस्रा सुरक्षा सल्लहकार हुन् ।

कसरी भयो बिमति सुरु ?

बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए । बोल्टन विदेश नीतिका विज्ञसमेत थिए । ट्रम्पले तेहरानका नेताहरुसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले बोरोध जनाएका थिए ।

बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण समबन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन् । उनले तालिवानसँग अमेरिकाले गरेको शान्तिवार्ताको समेत विरोध गरेका थिए जुन ट्रम्पले रद्द गरेका थिए । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस