विश्वकप फुटबल छनोट : नेपालद्वारा चाइनिज ताइपेई पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वकप फुटबल छनोट : नेपालद्वारा चाइनिज ताइपेई पराजित


२४ भाद्र २०७६, मंगलबार


काडमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।

ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । नेपालले शुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए ।

यस्तै खेलको ६२औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जीतसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि नेपाल कुवेतसँग ७–० गोलले हारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस