नेकपा उपाध्यक्ष वामदेवलाई ज्वरो, डेंगुको आशंका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा उपाध्यक्ष वामदेवलाई ज्वरो, डेंगुको आशंका


२४ भाद्र २०७६, मंगलबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई ज्वरोले सताएपछि डेंगुको आशंकामा रगतको जाँच गरिएको छ ।

सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका निजी सहयोगीले जानकारी दिए ।

यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको थियो । मन्त्री खनाल ग्राण्डीमा उपचार गरेर सोमबार डिस्चार्ज भएका छन् ।

त्यस्तै डा. सन्दुक रुइतको परिवारमा पनि डेंगुको संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस