२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल : रूपान्तरणका आयामहरू’ विषयक राष्ट्रिय सम्मेलन आयोजना हुँदै

अ+ अ-

काठमाडौँ । धुलिखेलमा ‘नेपाल : रूपान्तरणका आयामहरू(डाइमेन्सन अफ ट्रान्सफरमेसन)’ राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ ।

चैतन्य एकेडेमीको आयोजनामा सञ्चालन हुनगईरहेको दुई दिने राष्ट्रिय सम्मेलन आगामी असोज ३ र ४ गते मिरावेल रिपोर्टमा हुन लागेको हो ।

देश लामो राजनैतिक सङ्क्रमणपछि चौतर्फी रूपान्तरणको अभीष्टका साथ अघि बढेको तथा ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नेपाल सरकारको राष्ट्रिय अभियानलाई सहायता पुर्‍याउने उद्देश्यले दुई दिवसीय सेमिनार आयोजना गर्न लागेको आयोजक संस्थाले जनाएको छ ।

राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीय लगायत राष्ट्रिय जीवनका विज्ञ एवं मूर्धन्य व्यक्तित्वहरूको सहभागितामा नेपालको चौतर्फी रूपान्तरणका कार्यान्वयनशील आयामहरू सेमिनार मार्फत पहिचान गर्ने लक्ष्य राखिएको नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सेमिनार सभाध्यक्ष डा. विमल कोइरालाले बताए ।

‘सरकारले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ राष्ट्रिय अभियान कसरी सार्थक हुन्छ त ?’, पूर्व मुख्यसचिव कोइरालाले भने, ‘यसका व्यवहारिक पक्षहरूका विषयमा सम्बद्ध क्षेत्रका व्यक्तित्वहरूसँग गहन छलफल गरी प्राप्त निष्कर्ष र व्यवहारिक सुझावहरू नेपाल सरकारलाई पेस गर्नेछौँ’

राष्ट्र निर्माण सरकारको मात्रै जिम्मेवारी नभएर आम नागरिक, पेसाकर्मी तथा व्यवसायी, शैक्षिक संस्था लगायत सबै नागरिकको उत्तिकै जिम्मेवारी भित्र पर्ने कोइरालाको भनाई छ ।

सेमिनार आर्थिक, सामाजिक, राजनैतिक र शासकीय विषयमा केन्द्रित रहने चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले जानकारी दिए ।

‘सेमिनारले मुलुकको समग्र विकास, सामाजिक रूपान्तरण, सकारात्मक सोचको विकास तथा आर्थिक समृद्धि लगायत मानव विकास सँग जोडिएका चौतर्फी आयामहरूमा विज्ञहरूको बहस केन्द्रित हुनेछ’, जोशीले भने, ‘सरकारी तवरबाट त यस्ता कार्यक्रम भई रहेका छन्, यसमा थप मलजल पुगोस् भन्ने हेतुले निजी क्षेत्रबाट समेत चिन्तन गर्ने थलोका रूपमा विकास गर्न खोजेका छौँ ।’

चैतन्य एकेडेमीले यस खालका राष्ट्रिय महत्त्वका विषयहरूमा विगत पाँच वर्षदेखि नियमित रूपमा राष्ट्रिय सेमिनारको आयोजना गर्दै आइरहेको छ । ‘नेपाल डाइमेन्सन अफ ट्रान्सफरमेसन मूल नाराका साथ छैटौँ शृङ्खला सम्म आई पुग्दा हरेक वर्ष नयाँ इट्टा थप्दै आइरहेको जोशीको भनाई छ ।

कार्यक्रमको वक्ता तथा विज्ञहरूका रूपमा सरकारी तथा निजी क्षेत्र गरी तीन दर्जन व्यक्तित्वहरूको सहभागिता रहने छ र विभिन्न संस्थाको प्रतिनिधित्व गर्दे करिब २०० जना सहभागीहरू रहने आयोजक संस्थाले जनाएको छ ।

नेपाल सरकारका कर्मचारी, स्थानीय सरकारका जन प्रतिनिधि तथा कर्मचारीहरू, प्रदेश सरकारका कर्मचारीहरू तथा जन प्रतिनिधिहरू, उद्यमी व्यावसायिक, अध्यापक, शिक्षाकर्मीहरू, विद्यार्थी, बैकर्स, ईन्सुरेन्स क्षेत्रका प्रतिनिधित्वहरू, राजनीतिकर्मी, स्वतन्त्र अध्येता एवं राष्ट्रिय चिन्तन बोकेका सम्पूर्ण व्यक्तित्वहरू उक्त कार्यक्रममा सहभागी हुन सक्ने आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय सम्मेलनको मिडिया पार्टनर प्रशासन डटकम रहेको छ ।

प्रतिक्रिया दिनुहोस