कांग्रेसको दोस्रो जागरण अभियान आजबाट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कांग्रेसको दोस्रो जागरण अभियान आजबाट


२४ भाद्र २०७६, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान आजबाट सुरु हुँदै छ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो ।

अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ ।

अभियानअन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९८० बिरुवा रोपिने कांग्रेसले जनाएको छ ।

अभियानका लागि कांग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । दोस्रो चरणको जागरण अभियानका क्रममा ३३० जना प्रतिनिधि परिचालन हुने छन् ।

प्रत्येक प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्रबमोजिम प्रतिनिधि खटाइएकोबताइएको छ । जागरणका लागि परिचालित प्रतिनिधिहरूलाई आफू प्रत्यासी भई चुनाव लडेको भन्दा पृथक जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ ।

अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका अग्रज, शहीद परिवार, द्वन्द्वकालीन घाइते एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र कांग्रेसका लागि सुझाव लिने स्वरूप तय गरिएको बताइएको छ ।

अभियानको अन्तिम दिन ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने छ ।

प्रतिक्रिया दिनुहोस