कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ


२३ भाद्र २०७६, सोमबार


पक्राउ

ओखलढुङ्गा । चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष कुटपिटको आरोपमा पक्राउ परेका छन् । आफ्नै सहकर्मीलाई कुटेको आरोपमान अध्यक्ष अजय लुइँटेल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको हो ।

आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस