२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू–१९ एसिया कप : दोस्रो खेलमा पनि नेपाल पराजित

अ+ अ-

काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आइतबार ब‌ंगलादेशविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

२६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

बंगलादेशको जितमा अकबर अलीले उत्कृष्ट ब्याटिङ गर्दै ९८ रनमा अविजित रहे । त्यस्तै, टवहिद हरिदोयले ६०, महमुदुल हसन जोयले ४०, शामिम हुसेनले अविजित रहँदै ४२ रन जोडे ।

१९ रन हुँदा दुई विकेट गुमाएको बंगलादेशले सम्हालिएर खेल्दै जित हात पार्‍यो । सुरुवातमै विकेट लिएको नेपालले त्यसपछि भनेर राम्रो खेल्न सकेन । नेपालका लागि कमलसिंह ऐरीले २, हरिबहादुर चौहान र राशिद खानले समान १–१ विकेट लिए ।

यसअघि श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट मान्यताप्राप्त देशविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो । पवनले ८१ र सन्दीपले ५६ रन जोडे ।

सुरुवातमा पवनले ऋत गौतमसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । ऋत ३२ रनमा आउट भए । त्यसपछि आएका आसिफ शेख ३ रनमै आउट भए । सम्हालिएर ब्याटिङ गरेका पवनले कुशल मल्लसँग ३९ रन र कप्तान रोहितकुमार पौडेलसँग १४ रनको साझेदारी गरे । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरे ।

पाँचौं विकेट गुम्दासम्म नेपालको स्कोर १७१ रन थियो र १० ओभरमात्र बाँकी थियो । त्यतिबेला सन्दीप जोरा र भीम सार्कीले ७१ रनको साझेदारी गरे । सन्दीपले ३७ बलमा ५६ रन जोडे भने भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।

बंगलादेशका लागि शाहिन आलम र ताजिम हसन सकिबले समान २–२ विकेट लिए । त्यस्तै, मृत्युन्जय चौधरी, रकिबुल हसन, मिन्हाजुर रहमान र टोवहिद हरिदोयले समान १–१ विकेट लिए ।

यो हारसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिदा बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस