२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनःनिर्माण सन्तोषजनकरूपमा हुन सकेन : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताएका छन् ।

नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका हुन् । ‘सामुदायिक विद्यालय सम्पूर्ण नेपालीको विद्यालय हो, यसको पुनःनिर्माण चाँडो हुनुपर्छ’, उनले भने ।

उनले विश्वका हरेक देशको विकास सामुदायिक विद्यालयमा पढेका विद्यार्थीबाट भएको भन्दै नेपालको सामुदायिक विद्यालयलाई राम्रो बनाउन सरकार लाग्नुपर्ने उल्लेख गरे। अहिले मुलुकमा संस्कृति, सभ्यता सिकाउने नैतिक शिक्षाको खाँचो रहेको उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले अहिलेको समयमा प्रविधियुक्त शिक्षाको खाँचो रहेको बताए । ‘सीपमूलक र गुणस्तरीय शिक्षा अहिले मुलुकका लागि आवश्यक छ’, उनले भने ।

प्रदेश–३ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले इतिहास बोकेको युवक माध्यमिक विद्यालयले जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताए । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले गुणस्तरीय शिक्षाका कारण मात्र मुलुकको विकास हुने बताए । युवक माध्यमिक विद्यालयको शिक्षाको विकासका लागि वडाको साथ र सहयोग रहने उनको भनाइ थियो ।

नेपाल पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक इमनारायण श्रेष्ठले विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएका आठ हजार विद्यालयमध्ये पाँच हजार विद्यालय पुनःनिर्माण गरिसकेको जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पन्तले भवन निर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । एशियाली विकास बैंकको रु चार करोड ६६ लाख ऋण अनुदानमा निर्माण भएको भवन चारतले रहेको छ । उक्त भवनमा २४ कक्षाकोठा रहेका छन् । एशियाली विकास बैंकले हाल नेपालमा १६२ विद्यालय पुनःनिर्माणका लागि ऋण अनुदान उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस