एक हजार घूससहित नासु पक्राउ

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायव सुब्बा पुरुषोत्तम पोखरेल घूस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग १ हजार घूस लिँदै गरेको अवस्थामा फाराम शाखामा कार्यरत नासु पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्त्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।