२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ ।

मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपचारात्मक महाशाखाका प्रमुख चिकित्सक तारा पोखरेलले मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था कोसिस र स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवाभित्र के के सेवा राख्ने भन्ने नयाँ नीति कार्यान्वयनको चरणमा रहेको र यसमा मानसिक स्वास्थ्यसमेत रहेको बताए ।

विश्वस्वास्थ्य सङ्गठनले मस्तिष्कका एकभन्दा बढी क्रियाकलाप भावना, आभाष, स्मृति, विचार, बोली र चेतनामा गडबडी उत्पन्न भएर स्थितिलाई मानसिक रोगका रुपमा परिभाषित गरेको छ ।

सङ्गठनले नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको समेत जनाएको छ । अर्कोतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य नीतिसमेत जारी गरेको छ ।

मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न सातवटै प्रदेशका ४३ जिल्लामा मानसिक स्वास्थ्यका कार्यक्रमसमेत सञ्चालन गरेको महाशाखा प्रमुख पोखरेलले जानकारी दिँदै विद्यालयका छात्र/छात्रामा जनचेतनाका कार्यक्रमसमेत रहेको बताए ।

मन्त्रालयका सहसचिव चिकित्सक दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवातर्फको कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजन पूरा भएपछि नयाँ कर्मचारी दरबन्दीको सर्वेक्षण कार्य शुरु हुनेछ भने । उनका अनुसार मन्त्रालयले स्वास्थ्य सेवामा संघीयता कार्यान्वयनपछि सरकारी स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अध्ययन कार्य शुरु गरेको छ । हालसम्म ११३ अस्पतालमध्ये ८३ वटाको अध्ययन कार्य पूरा भएको छ ।

अध्ययनमा अस्पतालका सुशासन, उपचार सेवा, औषधि, उपकरण र जनशक्ति लगायतका क्षेत्र समावेश गरिएको जनाइएको छ । अर्कोतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यका विशेषज्ञ उत्पादन गर्न स्नाकोत्तर तहको अध्ययन सिट सङ्ख्या सात पुर्‍याएको छ ।

कार्यक्रममा कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यको विषयलाई विद्यालयका पाठ्यक्रममा समावेश गर्न, भएका सेवालाई गुणस्तरीय बनाउन र यसका बारेमा जनचेतनाका कार्यक्रम ल्याउन आग्रह गरे । सो संस्थाले मानसिक रोगका बारेमा जनचेतना, उद्धार तथा उपचार सेवामा समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस