काठमाडौं । दूधको मूल्य बढेको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दुग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए ।
महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मुल्य पनि बृद्धि गरिएको हो ।
बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने उनले जानकारी दिए ।