२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोदोको बीउ पाउनै मुस्किल

अ+ अ-

बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ ।

पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ । कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो । अहिले ती जिल्लामा कोदो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको कोदोखेतीतर्फ किसानको आकर्षण घट्दै गएको सुर्नया गाउँपालिका–३ का प्रेमसागर भट्ट बताउछन् ।

आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणबाट ग्रस्त भएको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताए । कोदो, मादुरो, भटमासलगायत बालीको महत्वबारे जानकारी दिनुपर्नेमा उनी जोड दिनछन् । ‘पुराना बालीमा पाइने पोषकतत्वका विषयमा ज्ञान नहुँदा लोप हुन थालेका हुन्’, उनले भने ।

दार्चुलाको लेकम गाउँपालिकाका गणेश कार्की कोदो, मादुरो, जौँलगायत बाली लगाउन किसानलाई प्रेरित गर्नुपर्ने बताउछन् । ‘भैँसीपालन घटेसँगै यी बाली पनि लोप हुँदै गएका छन्’, उनले भने ।

कोदो खेतीतर्फ किसानलाई आकर्षित गराउन स्थानीय तहले विषेश योजना ल्याउनुपर्नेमा कार्कीले जोड दिए । अन्य खेतीभन्दा कोदोखेतीमा बढी मेहनत गर्नुपर्ने भएकाले पनि आकर्षण घट्दै गएको हो ।

बैतडीमा गत वर्ष ४६४ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लामा गत वर्ष करीब ३०० हेक्टरमा कोदोखेती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस