२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतवासी नेपाली प्रदेशमा लगानी गर्न इच्छुक : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका मुख्यमन्त्री गुरुङले आज पोखरा विमानस्थलमा पत्रकारसँग प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक भएको बताए।

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायत र व्यवसाय गरेर बसेका नेपालीसँगको छलफल एवं अन्तरक्रियामा उनीहरूले प्रदेशमा लगानीका लागि इच्छा देखाएको बताउँदै उनले लगानी मैत्री वातावरण बनाउन आफूले प्रतिबद्धता व्यक्त गरेको बताए ।

अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबल लगायतका खेलकूद क्षेत्रमा सहारा युके लगायतका संस्थाले पनि व्यवस्थित लगानीको इच्छा देखाएको उनले बताए ।

भ्रमणका क्रममा मुख्यमन्त्री गुरुङले भूतपूर्व गोर्खा सैनिकसँग सामूहिक भेट गरेको र उक्त क्रममा उनीहरूले आफूले भोगिरहेको विभेदको विषयमा सरकारका तर्फबाट पहल गरिदिन आग्रह गरेको उनले बताए ।

भ्रमणका क्रममा पोखरा शहर र बेलायतको म्यानचेष्टर सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसँग छलफल भएको छ । बेलायतका नेपाली भाषी जनप्रतिनिधि नर्थ योर्कसायरका प्रमुख जनक शर्मा र लण्डनका डेपुटी प्रमुख लक्ष्यु गुरुङसँग भेटी द्विपक्षीय हित र सहयोग सम्बन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक समूहसँग समेत भेट गरेको र सो क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाका बारेमा जानकारी हुनुका साथै विभिन्न अध्ययन अनुसन्धानमा नेपाललाई सघाउने वचन प्राध्यापकहरूले दिएको मुख्यमन्त्री गुरुङले बताए ।

आफ्नो बेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउन महत्वपूर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङले जिकिर गरे ।

बेलायतमा आयोजना हुने नेपाली मेलामा भाग लिन मुख्यमन्त्री गुरुङ यही भदौ ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । विमानस्थलमा मुख्यमन्त्री गुरुङलाई प्रदेशका आन्तरिक ममिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वातावरणमन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस