महिलाहरुको नागरिक तथा राजनीतिक अधिकारको प्रयोग विश्वमै गौरव गर्नलायक : प्रधानमन्त्री « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिलाहरुको नागरिक तथा राजनीतिक अधिकारको प्रयोग विश्वमै गौरव गर्नलायक : प्रधानमन्त्री


१६ भाद्र २०७६, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिलाहरुको नागरिक तथा राजनीतिक अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक भएको बताएका छन् ।

तीजको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमै गौरव गर्नलायक रहेको बताएका हुन् ।

तीज पर्वले महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,’ प्रधानमन्त्रीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ ।

महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको तथ्य राख्दै प्रधानमन्त्रीले यसमा प्रत्येक नेपालीलाई गौरवको अनुभूति हुने बताएका छन् । नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितिले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने प्रधानमन्त्रीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस