फिलिपिन्स विमान दुर्घटना : सबैजनाको मृत्य भएको प्रहरीद्वारा पुष्टि « प्रशासन

फिलिपिन्स विमान दुर्घटना : सबैजनाको मृत्य भएको प्रहरीद्वारा पुष्टि


प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार २०:२४

मनिला । आइतबार दिउसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ ।

यस पहिले आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने सात जनाको मृत्यु भएको बताइएको थियो ।

विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस