गोरु काट्ने चार जनाविरुद्ध मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गोरु काट्ने चार जनाविरुद्ध मुद्दा


१५ भाद्र २०७६, आइतबार


गाइघाट । उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।

अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद चौलागाईंले बताए ।

अभियुक्तलाई शनिबार स्थानीय गाउँ नजिकैको स्थानमा गोरु काटिरहेका अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आज म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस