ढुक्क हुनुस्, तपाईंको खाताबाट पैसा हराएको छैन : राष्ट्र बैंक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ढुक्क हुनुस्, तपाईंको खाताबाट पैसा हराएको छैन : राष्ट्र बैंक


१५ भाद्र २०७६, आइतबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई एटीएमबाट पैसा निकालिए पनि कुनै व्यक्तिगत खाताबाट पैसा चोरी नभएको बताउँदै ढुक्क भएर बस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिबार राति विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार सार्वजनिक भएपछि सर्वसाधारण आतंकित भएका छन्। कतै आफ्नो खाताबाट पनि रकम हराएको त छैन भन्ने डर सर्वसाधारणमा छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘केही बैंकको एटिएमको सिस्टममा समस्या आएको छ, एटिएमबाट पैसा निकाल्न मिलेको छैन । तर, कुनै पनि बैंक खाताबाट गैह्र कानुनी रुपमा पैसा निकालिएको छैन।’

ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे। एक दर्जन भन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ। सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन् । गएराति महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले दरबारमार्गबाट एटीएम प्रयोग गरेर पैसा निबकाल्दै गरेको अवस्थामा ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका सोही समूहले नै बैंकका सिस्टम ह्याक गरेका हुनसक्न प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस