प्रभु र एनआईसी एसिया बाहेक सबै बैंकको एटीएम सञ्चालनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रभु र एनआईसी एसिया बाहेक सबै बैंकको एटीएम सञ्चालनमा


१५ भाद्र २०७६, आइतबार


काठमाडौं । नेपालका अधिकांश बैंकहरुको सिस्टम ह्याक भएपछि बन्द भएको एटीएम सिस्टम पुन सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एसिया बैंकको एटीएमबाहेक सबै बैंकका एटीएम सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सबै बैंकको एटीएम सेवा सञ्चालनमा आएपनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । गएराति महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले दरबारमार्गबाट एटीएम प्रयोग गरेर पैसा निकाल्दै गरेको अवस्थामा ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद भएको छ । पक्राउ परेका गिरोहका समूहले नै अधिकांश बैंकका सिस्टम ह्याक गरेको हुन सक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस