२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य शिविरबाट ८०० लाभान्वित

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित भएका हुन् ।

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यसहित समुदायस्तरमै पुगेर स्वास्थ्य शिविर आयोजना गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । ‘तनहुँका ग्रामीण भेगमा पुगेर स्वास्थ्य शिविर आयोजना गर्न ओम अस्पतालसँग सम्झौता गरेका थियौँ”, क्याम्पस प्रमुख हड्खलेले भने, ‘सोहीबमोजिम पहिलो शिविर व्यास–११ बाट शुरु गरेका छौँ ।’

शिविरमा २४ जनाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको समूहले सेवा प्रदान गरेको ओम अस्पतालका निर्देशक दीपेन्द्र पोख्रेलले जानकारी दिए । “तनहुँको बस्तीमा आएर स्वास्थ्य सेवा प्रवाह गर्न पाउँदा हामीहरुलाई अत्यन्तै खुशी लागेको छ’, निर्देशक पोख्रेलले भने, “सहमतिबमोजिम अन्य ठाउँमा क्रमशः शिविर गर्दै जानेछौँ ।’

क्याम्पस प्रमुख हड्खलेका अनुसार शिविरमा करीब रु तीन लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको छ । शिविर सञ्चालनका लागि व्यास नगरपालिकाले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेको थियो । शिविरमा स्वास्थ्य परीक्षण दर्ता शुल्कबाट उठेको रु १३ हजार ४०० सोही ठाउँको वसन्त आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समुदायस्तरमै पुगेर स्वास्थ्य शिविर आयोजना गर्नु सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस