पूर्वलडाकु प्रतीक्षा सेनाको सहायक रथी बन्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वलडाकु प्रतीक्षा सेनाको सहायक रथी बन्दै


१४ भाद्र २०७६, शनिबार


काठमाडौं । पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ।

लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन समेत दिएका थिए।

लामो राजनीतिक दबाब र सेनाभित्रको ‘चेनअफ कमाण्ड’ को रस्साकस्सीपछि बीचको बाटो निकाल्दै उनलाई सहायक रथी बनाउने निधो भएको प्रधानमन्त्री कार्यालय उच्चस्रोतले बताएको छ। उनलाई मानर्थ सहायक रथी दिने गरी सिफारिस भएको छ। चार वर्षसम्म उनी सहायक रथी रहने र त्यसपछि पद स्वत खारेज हुनेगरी सिफरिस भएको स्रोतले बताएको छ। उनलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ।

शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोवल गिर्न नदिन पनि रक्षाले यस्तो निर्णय लिएको सन्देश सेनालाई प्रवाह गरेको अधिकारीले बताए। सत्तारुढ दलभित्र सहमतिपछि उनको नाम रक्षाबाट मन्त्रिपरिषद्मा पठाइएको स्रोतले बतायो। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस