२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहयोगापेक्षी मानव व्यवस्थापन गर्न सवारी साधन हस्तान्तरण

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् ।

प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको अवधारणा सार्थक नहुने बताए । कामपाले निजी सार्वजनिक साझेदारीमार्फत नै विभिन्न योजना अघि सारेको उनले बताए । कामपाले साझासँगको सहकार्यमा बस सञ्चालन गरिरहेको र विभिन्न संस्थासँगको सहकार्यमा यो वर्ष १० एम्बुलेन्स हस्तान्तरण गरेको छ । उनले भने, ‘सहयोगापेक्षी सडक मानव हटाउनका लागि पनि साझेदारीमा नै अघि बढेका छौँ ।’

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विकास भनेको जादुको छडी नभएको बताए । कामपाले आश्रमका लागि भाडाबापत रकम छुट्याएको र भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।

अध्यक्ष अधिकारीले संस्थाले सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणाका लागि स्थानीय सरकारसँगको सहकार्यमा काम गरिरहेको बताए । संस्थाले विसं २०८२ सम्ममा शारीरिक तथा मानसिकरुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य सहयोगापेक्षी मानवरहित राष्ट्र घोषणा गर्न लागिपरेको बताए । उनले भने, ‘अहिले पनि हामीले सडकबाट उद्धार गरेकालाई सामाखुशी, बूढानीलकण्ठ र सातै प्रदेशमा रहेका आश्रममा आश्रय दिइरहेका छौँ ।’

संस्थाका १३ जिल्लामा १५ वटा मानव सेवा आश्रम रहेका छन् । आश्रमले सडकबाट उद्धार गरेर ६५० जनालाई परिवारसँग पुनःमिलन गराइसकेको छ भने हाल झण्डै ८०० जना सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस