२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा स्याउ

अ+ अ-

दमक । पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् ।

गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् । आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको स्याउ फलाएको खड्काले बताए। पहिलोपटक उत्पादित यस वर्षको स्याउ केही बिक्री गर्नसमेत उनी सफल भए ।

खड्काले बारीमा २०० वटा स्याउका बिरुवा लगाएका छन् । परीक्षणका रूपमा पहिलोपटक स्याउको बिरुवा रोपेर हेर्दा फल लागेपछि उनको परिवारसहित गाउँले पनि दङ्ग परेका छन् ।

स्याउको बिरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्ने कसैले विश्वास गरेका थिएनन् । बिरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरेपनि उनले लगाउनुभएको स्याउ आठ महीनापछि नै फल्न थालेको हो ।

दाजुलाई उपचार गराउन भारतको हरियाणा गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउखेती गर्ने प्रेरणा आएको खड्का बताउछन् । हरियाणाको तीव्र गर्मीमा पनि फलेको स्याउ देख्दा आफ्नो बारीमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि बिरुवा लगाएको उनले बताए ।

हरियाणामा फलेको स्याउका बारेमा आफूले जानकारी लिँदा थाइल्याण्डमा लगाइने स्याउ गर्मी मौसममा समेत फल्ने थाहा पाएपछि सोहीअनुसार आफूले खेती शुरु गरेको खड्काले बताए । स्याउले विस्तारै राम्रै उत्पादन दिए भने थप खेती विस्तार गरिने उनको सोचाइ छ । करीब ५० डिग्री तापक्रमसम्ममा फल्न सक्ने ‘रोयल रेड’ जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने उनको भनाइ थियो ।

‘सोचेभन्दा अगाडि नै स्याउ फलेपछि थप १५० बिरुवा लगाउने लक्ष्य राखेको छ, राम्रोसँग फल दिएमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोच छ’, खड्काले भने ।

गाउँमा बसेर पशुपालन तथा खाद्यान्नबाली लगाउँदै गर्मी मौसममा फल्ने फलफूल लगाउँदै आएका त्यस क्षेत्रका किसानले स्याउ तराईमा फल्छ भन्नेबारेमा आफूले नसोचेको उनका बुबा प्रेमबहादुरले बताए । उनले भने, ‘अति चिसो र हिमाली क्षेत्रमा मात्र स्याउ फल्ने सुनेको तर अहिले आफ्नो बारीमा पनि त्यही स्याउ फल्दा खुशी छौँ ।’ गर्मी समयमा फल्ने फलफूल लगाउँदै आएकामा चिसो मौसमको स्याउसमेत फल फलाउन सफल भएपछि धानको विकल्प खोज्न सकिने गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस