शैक्षिक गुणस्तर सुधार गर्न सबै एकजुट बनौं : सभामुख शाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शैक्षिक गुणस्तर सुधार गर्न सबै एकजुट बनौं : सभामुख शाही


१३ भाद्र २०७६, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताएका छन् । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सवमा उनले शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला सबै एकजुट बन्नुपर्ने बताएको हो ।

‘राज्यले वर्षेनी करोडौँ बजेट विद्यालय शिक्षामा लगानी गरे पनि सन्तोषजनक उपलब्धि देखिएको छैन’, सभामुख शाहीले भने, ‘शैक्षिक गुणस्तर सुधार गर्न राज्यमात्र नभई शिक्षक, विद्यार्थी, अभिभावक सबै चिन्तित बन्नुपर्ने अवस्था आएको छ ।’ उनले गुणस्तरीय शिक्षाबिना कर्णाली प्रदेश समृद्ध बन्न नसक्ने विचार व्यक्त गरे ।

नेपाली भाषाको उद्गम थलो भएकै प्रदेशका विद्यार्थीहरु नेपाली विषयमा नै कमजोर हुनु दयनीय अवस्था भएको उनले बताए । उनले स्थानीय र प्रदेश सरकारले विद्यालय तहको नतिजामा सुधार ल्याउन विशेष कार्यक्रमको खाँचो औँल्याए ।

सभामुख शाहीले विभिन्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले कर्णाली प्रदेशभरिका विद्यार्थी अध्ययन गर्न आउने भएकाले अमरज्योतिमा भौतिक पूर्वाधारको विकासका लागि पहल गर्न सभामुखलाई आग्रह गरे ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस