कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्दै


१३ भाद्र २०७६, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजेदेखि पुनः बस्दैछ ।

हिजोको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको थियो ।

सो बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन पर्ने र भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता पाउन विभिन्न संस्थाहरुले दिएको निवेदनको विषयमा प्रस्ताव प्रस्तुत गरेको र सहमहामन्त्री डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेको जारी वक्तव्यमा उल्लेख छ ।

विहीबारको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस