२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक सार्वजनिक शौचालय निर्माण हुने

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।

भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक बायोग्याससहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

‘यी शौचालय महानगरपालिका र संघसंस्थाको सहकार्यमा सार्वजनिक निजी साझेदार लगानीमा छिट्टै बनाउन लागेका हौँ’, महर्जनले भने, ‘पाटनमा दैनिक भित्रिने स्वदेशीलगायत विदेशी मानिसको भीडलाई ध्यानमा राखी बनाउन लागेका छौं ।’ ती शौचालय निशुःल्क हुने बताइएको छ ।

सो शौचालय निर्माणका लागि महानगर र एरोस्यान सस्टेनएबल स्यानिटेसनबीच सम्झौता भइसकेको छ । अहिले महानगरभित्र लगनखेल बसपार्क, मङ्गलबजार, युएन पार्क, पाटनढोका, कुपण्डोल, जावलाखेल र मङ्गलबजारको तरकारी बजारमा सार्वजनिक शौचालय छन् ।

यीमध्ये जावलाखेल र कुपण्डोलको सार्वजनिक शौचालय प्रयोगमा आएका छैनन् । तिनलाई महागरपालिकाले व्यवस्थित गर्दै लाने जानकारी दिएको छ । महानगरले आफ्ना सबै वडामा सार्वजनिक शौचालाय बनाउने योजना अघि बढाएको छ । स्वच्छ महानगर बनाउने अभियानअन्तर्गत धामधम ललितपुरमा शौचालय थप्ने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस