२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई संघीय सरकार मातहत ल्याइने

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले सो प्रतिष्ठानको रु नौ अर्बको लगानीमा भौतिक पूर्वाधार निर्माण हुनलागेको जनाएको छ । राजविराज नगरपालिकाले वडा नं १० स्थित विरौलचोकमा प्रतिष्ठानका लागि ६२ बिघा जमीन उपलब्ध गराएको छ ।

यसैबीच, मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । स्वास्थ्य सेवातर्फका १२औँ तहका डा प्याकुरेलले यही भदौ २२ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै छन् । उनको पदावधि थप गर्दा अन्य कर्मचारीको वृद्धि विकासमा असर नपुग्ने भन्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐनअनुसार उनको पदावधि थप गर्न प्रस्ताव गरेको जनाएको छ ।