प्रधानमन्त्रीको उपचार अर्को सातासम्म जारी रहने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको उपचार अर्को सातासम्म जारी रहने


१२ भाद्र २०७६, बिहिबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी सातासम्म जारी रहने भएको छ ।

प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गराइरहेका प्रधानमन्त्रीको उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुने प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेका छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाह बुधवार काठमाडौं फर्किएकी छन् ।

प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा केही बढी देखिएको छ । एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपाचार विधिलाई निरन्तरता दिन उनी सिंगापुरमा छन् ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि स्वदेश फर्किएका उनी भदौ ५ गते पुनः उपचारका लागि गएका थिए ।

यसपटक पनि सोही अस्पतालमा विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस