जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा


१२ भाद्र २०७६, बिहिबार


श्रीनगर भारत । भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ ।

राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने बताएका छन् ।

उनले भने, “हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,”

उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए। पत्रकार सम्मेलनमा मलिकले ने,“आउदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ ।” रासस÷एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस