२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहलाई सक्षम र शक्तिशाली बनाउँछौं : मुख्यमन्त्री पोखरेल

अ+ अ-

गुल्मी । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रदेश ५ अन्तर्गतका गाउँपालिका र नगरपालिकालाई सक्षम र शक्तिशाली निकायका रुपमा विकास गर्न खोजेको बताएका छन् ।

जनतालाई सेवा र सुविधा प्रदान गर्नका लागि स्थानीय निकायलाई हरेक हिसाबले सक्षम र सवल बनाउने सरकारको नीति अन्तर्गत भविष्यमा सबै आधारभूत विषयलाई स्थानीय निकायबाटै सुनिश्चितता गर्ने प्रदेश सरकारको मुख्य कार्ययोजना रहेको उनले बताए ।

गुल्मीको धुर्कोट गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भने, ‘पूर्वाधार विकासको काम प्रदेशले गर्ने, सुशासन कायम गर्ने र मुलुकको नेतृत्व गर्ने काम केन्द्रले गर्ने, यही ढाँचाबाट हामी अघि बढेमा विकासको छलाङ् मार्न सकिन्छ, त्यही हिसाबले प्रदेश सरकार अघि बढेको छ ।’ प्रदेश नं– ५ ले अन्य प्रदेशको तुलनामा योजना, कानून र कार्यालयसमेत बनाइसकेको भन्दै यस आर्थिक वर्षको प्रथम चौमासिकदेखि बजेट खर्च गर्न शुरु गर्ने र जेठ मसान्तसम्म पूर्वाधारका काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

सातमध्ये सबै भन्दा धेरै पूँजीगत खर्च गर्ने प्रदेशका रुपमा ५ नं– लाई स्थापित गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोख्रेलले त्यस हिसाबले पनि यस प्रदेशका जनता निराश हुनुपर्ने अवस्था नरहेको तर्क गरे । उनले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन वर्षभित्र घरघरमा आधारभूत खानेपानी पु¥याउने, विद्युत्को पहुँच नपुगेको घरमा ९० प्रतिशत अनुदानमा सोलार उपलब्ध गराउने लगायतका प्रदेश सरकारको योजना रहेको बताए ।

जिल्लाका १२ स्थानीय तहमध्य पहिलो पटक धुर्कोट गाउँपालिकाले रु एक करोड ३५ लाखाको लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । साढे दुई तलाको उक्त पक्की भवनमा १५ कोठा रहेको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए। भवन निर्माणका लागि कृष्णप्रसाद घिमिरे, हरिप्रसाद घिमिरे, रामप्रसाद घिमिरे र गणेश घिमिरे चार दाजुभाइले आठ रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका थिए । कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस