भाइरल ज्वरोका कारण विद्यालय बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भाइरल ज्वरोका कारण विद्यालय बन्द


११ भाद्र २०७६, बुधबार


भोजपुर । भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको विद्यालयका सहायक प्रधानाध्याक श्रीकृष्ण बोगटीले जानकारी दिए ।

यसबाहेक स्थानीय षडानन्द माध्यमिक विद्यालय, न्यू समिट बोर्डिङ र सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमा समेत ज्वरोको असर देखिएको छ । भाइरलले विद्यार्थी एकपछि अर्को गर्दै बिरामी हुनथालेपछि पठनपाठन बन्द गर्नुपर्ने बाध्यता भएको सहायक प्रअ बोगटीको भनाइ छ । विद्यालयामा केही दिनअघिदेखि शुरु भएको भाइरल ज्वरोले विद्यार्थीसँगै स्थानीयवासीलाई ग्रसित बनाएको छ ।

दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्रमा ५० देखि ६० जना र अन्य स्वास्थ्य चौकीमा ३० देखि ४० जनाको हाराहारीमा भाइरलका बिरामी आउने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार गम्भीर किसिमका बिरामीलाई त्यहाँबाट तुम्लिङटार, धरान, विराटनगर पठाइएको छ । भाइरल ज्वरोबाट दिङ्लाका अन्य तीन विद्यालयका विद्यार्थीसमेत बिरामी भएको विद्यालयले जनाएको छ ।

मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा दैनिक १५ जनासम्म भाइरलका बिरामीले बहिरङ्ग सेवा लि अस्पतालले जनाएको छ । दूषित खानेपानी, बदलिँदो मौसम र खानपानमा राम्रो ध्यान नदिँदा भाइरलको बिरामी आउने गरेको जिल्ला अस्पताल भोजपुरका डा. शिवजी रिजालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस