मकैको परिकार बेचेर आम्दानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मकैको परिकार बेचेर आम्दानी


११ भाद्र २०७६, बुधबार


तुलसीपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन कार्यक्रम) लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आएका हुन् ।

उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक समूह पिपरखुट्टीको पहलमा आफू यस कार्यमा सम्लग्न हुँदै आएको उनले बताए । ‘ अहिले मकैका परिकार बनाएर मनग्य आम्दानी गर्दै आएको छु’, उनले भने ‘ उक्त समूहले मलाई मकैका परिकार बनाउन सिकाएको हो ।’

कुमालले मकैबाट अहिले सुप, मोमो, पपकर्ण, केक, हलुवा, रोटी , फ्राई चाट, उसिनेको, पोलेको, फ्राई र भुटेको मकै, आटो, ढिडोलगायत परिकार बनाउने गरेका छन् । होटल तथा रेष्टुरेन्टमा पाइने परिकारभन्दा मकैको परिकार धेरै सस्तो रहेको र यसले मधुमेह, ग्याष्टिक, क्यान्सरजस्ता रोगबाट बच्न पनि यस्ता परिकार उत्तम हुनाका साथै बिकाउ पनि हुने उनले बताए।

ती परिकार स्वास्थ्यका लागि उत्तम र स्वादिष्ट हुनेभएकाले धेरै बिक्नाका साथै दैनिक रू एक हजारसम्म कुमालले आम्दानी गर्दै आएका छन् । एक पटक मकैको परिकार खाएपछि ग्राहकहरु पटकपटक आउने गरेको समेत उनको भनाइ थियो । ग्राहकले सबैभन्दा बढी मोमो, सुप र फ्राई मन पराउने गरेका छन् । भारतको पञ्जावमा करीब १४ वर्ष कुकको काम गरेका कुमालले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ मकैका परिकार बनाएर बेच्न थालेका हुन् । मकैका परिकारमात्रै बिक्री गर्ने ठूलो होटेल सञ्चालन गर्ने सोच रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस