बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो


११ भाद्र २०७६, बुधबार


सुर्खेत । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ । घटनामा २९ यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेर घाइते भएका मध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ।

उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको सनाखत अझै भइ सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस