जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस दुर्घटना


११ भाद्र २०७६, बुधबार


सुर्खेत । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस दुर्घटनामा परेको छ ।

भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। मुतक महिलाको सनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्।

गाडी विहान ३ बजे तिर दुर्घटना परेको सुर्खेत प्रहरीले जनाएको छ।

उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस