३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण

अ+ अ-

काठमाडौं । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रियामा शून्य, विशेष र ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी गर्ने, कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर ः सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुुम्वाहाङफेले कार्यक्रमको शुभारम्भ गर्दै संविधान जारी भएपछि सङ्घीय संसद्ले १८ महीना पूरा गरेको र यस अवधिमा जनचाहना पूरा गर्न संसद् प्रभावकारी रुपमा अगाडि बढिरहेको दाबी गरिन् ।

उनले भनिन्, “संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउन महिला सांसदले आफ्नो भूमिका अझ बढाउनुपर्छ । तपाईँहरु लाज र धक नमानी जनताका कुरा सदन र समितिका बैठकमा राख्नुहोस् । ‘सदनमा महिला सांसदको भूमिका राम्रो भएन’ भन्नेले सदनका हरेक गतिविधिमा भाग लिई आफ्नो विज्ञता प्रस्तुत गर्दै जवाफ दिनुहोस् ।’’

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सदनमा महत्वपूर्ण कुरा राख्छौँ तर ससाना कुराको ख्याल नराख्दा यसले सिङ्गो सदनको प्रभावकारितामा असर पुर्‍याइरहेको बताइन् । उनले भनिन्, “राष्ट्रियसभाको हालैको एकदिनको बैठकमा बोलिरहेका सांसदको समय सकिन लाग्यो भनेर मैले पहेलो बत्ती बाले, बत्ती बल्ने वित्तिकै उनले आफ्नो भनाइ अन्त्य गरिन् । बत्ती बलेपछि पनि एक मिनेट समय त बाँकी त थियो नी । एक मिनेटमा पनि धेरै विषयगत कुरा राख्न सकिन्थ्यो होला ।’’

संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले शून्य, विशेष, ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी राख्ने भन्ने जानकारी दिँदै छोटो समयमा बुँदागत आफ्ना भनाइ राख्न सांसदलाई आग्रह गरे । उनले भने्, “जनताले जनताका लागि नयाँ संविधान बनाइ जारी गरेकाले आन्दोलन होइन, संविधान कार्यान्वयतर्फ लागौँ । संविधानको कार्यान्वयनले मात्र समृद्धि हासिल गर्न सकिन्छ ।”

सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सङ्घीय संसद्लाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि अन्तरक्रियाको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

अन्तरक्रियमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेल र सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर : सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस