निजामती ऐन तत्काल जारी गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती ऐन तत्काल जारी गर्न माग


१० भाद्र २०७६, मंगलबार


काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कर्मचारी मैत्री बनाइ तत्काल जारी गर्न माग गरेको छ ।

यहि भदौ ६ र ७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णयबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले अहिले भएको ट्रेड युनियन अधिकार साविक निजामती सेवा ऐन बमोजिम सुनिश्चित गरी तत्कालन जारी गर्न माग गरेका हुन्।

उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको सङ्घीय निजामती सेवा ऐनमाथि सांसदबाट अभिव्यक्त विचारप्रति सङ्गठनको ध्यानाकर्षण भएको जानकारी दिए । यसैगरी बैठकले समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाईएकामा सम्बन्धित कार्यालयमा नै हाजिर गराउन व्यवस्था गर्न र सो व्यवस्था नहुन्जेल त्यस्ता कर्मचारीलाई जिम्मेवारीसहित कामकाजमा खटाउने व्यस्था गर्न सरकारसँग माग गरेको छ ।

बैठकले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन पदस्थापनको प्रकृयामा देखिएका समस्या वार्ता, सम्वादका माध्यमबाट तत्काल समाधान गर्न, हाल स्थगन गरिएको समायोजन प्रकृया सञ्चालन गर्न र गुनासो सम्बोधनका लागि निवेदन दिएका स्वास्थ्य सेवाका कर्मचारी समायोजनको नयाँ सूची निकाल्नसमेत माग गरेको छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न आर्थिक सुविधासहित कम्तीमा १५ दिनको आन्तरिक पर्यटन काज र एक महीनाको तलब सुविधा कर्मचारीलाई उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस