जागिर लगाई दिन्छु भन्दै ४५ लाख ठगी गर्ने वाणगंगाका नेकपा अध्यक्ष पदमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जागिर लगाई दिन्छु भन्दै ४५ लाख ठगी गर्ने वाणगंगाका नेकपा अध्यक्ष पदमुक्त


९ भाद्र २०७६, सोमबार


बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नेकपा अध्यक्ष विश्व कार्की पदमुक्त भएका छन् ।

कार्कीले सरकारी जागिर लगाइदिने प्रलोभनमा पारी ४५ लाख ठगी गरेको उजुरी तथ्यसंगत भेटेपछि नेकपा कपिलवस्तुले उनलाई अध्यक्ष पदबाट हटाइ कारबाही गरेको हो ।

नेकपा कपिलवस्तुले आइतबार जिल्ला कमिटीको बैठक बसी कार्कीलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

सरकारी जागिरको प्रलोभन देखाएर कार्कीले ४५ लाख ठगी गरेको भन्दै गत ३२ साउनमा गुल्मी र बागलुङका १२ युवाले उजुरी गरेका थिए । पीडितहरुले नेकपा जिल्ला कार्यालयमा निवेदन दिँदै रकम फिर्ता दिलाइदिन माग गरेका थिए ।

पीडितहरुले उजुरी गरे लगत्तै नेकपा कपिलवस्तुले छानबिन थालेको थियो ।

कार्कीले शिक्षकका लागि चार लाख ५० हजार, स्वास्थ्य सेवाका लागि तीन लाख र प्रहरीका लागि दुई लाख ६० हजार रुपैयाँका दरले १२ जनाबाट ४५ लाख ३० हजार रुपैयाँ असुलेका थिए ।

कार्कीलाई कारबाही गर्दै नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकाको अध्यक्षको जिम्मेवारी शंकर पाण्डेलाई दिएको छ ।

यो पनि,

सरकारी जागिर लगाई दिन्छु भन्दै ४५ लाख ठगी

प्रतिक्रिया दिनुहोस