सरकारी जागिर लगाई दिन्छु भन्दै ४५ लाख ठगी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी जागिर लगाई दिन्छु भन्दै ४५ लाख ठगी


३ भाद्र २०७६, मंगलबार


बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिकाका नेकपा अध्यक्षमाथि ४५ लाख ठगीको आरोप लागेको छ । सरकारी जागिर लगाइदिने प्रलोभन देखाएर अध्यक्ष विश्व कार्कीले लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको हो ।

शिक्षक सेवा, स्वास्थ्य सेवा, प्रहरी जवान लगायतका सरकारी जागीर लगाइदिने भन्दै अध्यक्ष कार्कीले लाखौं रकम असुलेको पीडितहरुले बताएका छन् ।

बाणगंगा–२ घर भएका कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुलेको पीडितहरुले दिएको उजुरीमा उल्लेख छ । रकम बुझाएपनि नाम ननिस्किएको र पटकपटक रकम माग्दा फिर्ता नभएको पीडितको दाबी छ ।

पीडितहरुले नेकपा जिल्ला कार्यालयमा निवेदन दिँदै रकम फिर्ता दिलाइदिन माग गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस