२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

अ+ अ-

विराटनगर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नागरिक भन्दामाथि कोही पनि नभएकाले पत्रकारको मूल्याङ्कन पाठक, स्रोता र दर्शकले गर्ने बताएका छन् । महासंघ मोरङशाखाद्वारा आज यहाँ आयोजित ‘नागरिकको दृष्टिकोणमा मिडिया पुष्पोषण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चारकर्मीले आफूभित्रका कमी कमजोरी सच्चाएर समाजप्रति जवाफदेहि भएर कार्य गर्नुपर्नेमा जोड दिए ।

पत्रकारहरुले राष्ट्रहित, लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव रहनुपर्ने स्पष्ट पार्दै उनले सामाजिक सञ्जालको प्रयोग पत्रकार आचारसंहित पालना गर्दै गर्नुपर्ने धारणा व्यक्त गरे । समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पत्रकारितामा राजनीतिको घुसपैठ हुननहुनेमा जोड दिए।

महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले पत्रकारितामा अनुशासन कायम गरेमा सही गन्तव्यमा पुग्न सकिने भएकाले यसमा रहको संकिर्ण मानसिकता हटाउनुपर्ने बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले मिडियालाई नियन्त्रणमा नराखी खुल्ला गर्नुपर्ने बताउँदै सम्मुन्नत मूलुक निर्माणमा यसको भूमिका महत्वपूर्ण रहेकामा जोड दिए ।

महासङ्घका जिल्ला अध्यक्ष बन्धु पाखेरेल, महासङ्घका झापा अध्यक्ष तारामणि सापकोटा, नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइराला, वुद्धिजीवी दिनेश श्रेष्ठलगायतले पत्रकारिता क्षेत्र मर्यादित हुनुका साथै अनलाइन मिडिया व्यवस्थित गर्न नियमन आवश्यक रहेको धारणा व्यक्त गरे । महासङ्घ केन्द्रीय समितिले नागरिकका आवश्यक सुझाव तथा धारणा लिन प्रदेश नं १ र २ मा यस प्रकारका गोष्ठी आजदेखि शुरु गरेको कोषाध्यक्ष राजेश मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस