स्वास्थ्य विभाग परिसर : चरेस अखडादेखि डेंगू उत्पादन केन्द्रसम्म (फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य विभाग परिसर : चरेस अखडादेखि डेंगू उत्पादन केन्द्रसम्म (फोटो फिचर)


८ भाद्र २०७६, आइतबार


काठमाडौँ । यो स्वास्थ्य सेवा विभाग अर्थात् आम नागरिकको स्वास्थ्यसँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने सरकारी अड्डा ।

राजधानीको टेकुस्थित विभाग परिसरभित्र करीब आधा दर्जनजति महाशाखा र त्यस अन्तर्गत पुगनपुग दुई दर्जन महत्वपूर्ण शाखाहरु रहेका छन् ।

यति धेरै जिम्मेवारी र शाखा महाशाखाहरु रहेको यो परिसर कामको प्रकृति र अवस्थितिका हिसावले जति विशिष्ठ र संवेदनशील हुनु पर्ने हो त्याहाँ पुग्दा लाग्छ यो कुनै रुग्ण, जिर्ण तथा वेवारिसे सरकारी भग्नावशेहरु थुपारिएको ठाउँ हो ।

केही दिनअघि मात्रै विभाग परिसरभित्रै डेंगू भेटिएको खबरपछि त्याँहा पुगेको प्रशासन टिमले केही मिनेटको बसाईमा मात्रै जे दृश्यहरु देख्यो त्यो साच्चिकै हेर्न लायका नै थियो ।

कार्यालय समयमै आरामले चुरोटमा चरेश भर्दै पिईरहेको दृश्य त यहाँलाई देखाई सकेका छौँ ।

सम्बन्धित समाचार : स्वास्थ्य विभागमै डेंगुको घर, हटाउन कानुनी जटिलता

अझ रोचक त के छ भने सरसफाई रहन आम नागरिकलाई जानकारी बाड्ने निकायदेखि महामारी नियन्त्रण गर्नेसम्मका कार्यालय पनि यही छन् । जसले करोडौँ रुपैया त यसरी वातावरण र व्यक्तिगत सरसफाई गर्नुपर्छ भन्नकै लागि खर्चदै आएको छ । तर आफ्नो बसाई र कार्यालयको वातारण भने यस्तो छ :

Tags :
प्रतिक्रिया दिनुहोस