पुडासैनी मृत्यु प्रकरण : अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुडासैनी मृत्यु प्रकरण : अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा


८ भाद्र २०७६, आइतबार


चितवन । शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय, चितवनले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको अनुसन्धान गरी प्रहरीले फाइल सरकारी वकिलको कार्यालयमा पेस गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस