साहित्य सन्ध्या पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साहित्य सन्ध्या पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत


८ भाद्र २०७६, आइतबार


काठमाडौं । साहित्य सन्ध्या पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत भएका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।

साहित्यकार तथा पत्रकार चन्द्र भण्डारीलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान–२०७५ प्रदान गरिएको छ। उनलाई साहित्य सन्ध्याको मासिक ३९९ औं शृङ्खला एवं वार्षिक पुरस्कार तथा सम्मान अर्पण विशेष समारोहमा १५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको हो।

यस्तै, साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान विष्णुप्रसाद पोखरेल र साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान वसन्ता शर्मा आचार्यलाई प्रदान गरिएको हो। पोखरेल प्रगतिवादी विचारक तथा शिक्षासेवी हुन् भने शर्मा दाङ जिल्लाको सिसनिया स्वास्थ्चौकीमा पाँचौँ तहको अनमी पदमा कार्यरत कर्मचारी हुन्।

साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान साहित्यकार एवं अक्षरका रङहरू नियात्रा सङ्ग्रहका सम्पादक अच्युत घिमिरेलाई प्रदान गरिएको छ। यस पुरस्कारको राशीसमेत १० हजार रहेको छ।

त्यसैगरी यसै वर्षदेखि प्रारम्भ गरिएको साहित्य सन्ध्याका वर्षभरिका एघार वटा गाष्ठीमध्ये १० वटामा प्रत्यक्ष सहभागिता जनाउने स्रष्टालाई दिइने पाँच हजार राशीको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान मुकुन्द न्यौपानेलाई प्रदान गरियो।

Tags :
प्रतिक्रिया दिनुहोस