शिक्षक सेवा पनि दुई सय पूर्णाङ्कको हुने, प्रथम पत्रमा ५० अंक ल्याए मात्रै विषयगत दिन पाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षक सेवा पनि दुई सय पूर्णाङ्कको हुने, प्रथम पत्रमा ५० अंक ल्याए मात्रै विषयगत दिन पाउने


७ भाद्र २०७६, शनिबार


काठमाडौं ।  शिक्षकको लिखित परीक्षा पनि दुई सय पूर्णाङ्कको हुने भएको छ । आयोगको नियमावलीको १० औँ संशोधनबाट यो व्यवस्था हुने भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको हो ।

संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । सामान्य परीक्षा वस्तुगत हुनेछ ।

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नयाँ व्यवस्था गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले बताए । उनले भने ‘यो व्यवस्थाबाट शिक्षक छनोटमा प्रतिस्पर्धा बढ्ने छ र उत्कृष्ट शिक्षक मात्र छनोट हुनसक्नेछन् ।’

सामान्य परीक्षामा कम्तीमा ५० अङ्क प्राप्त गर्नेले मात्र विषयगत परीक्षा दिन पाउनेछन् । संशोधित नियमावलीअनुसार सामान्य परीक्षामा प्राप्त अङ्कको ५० प्रतिशत अङ्क मात्र विषयगत परीक्षाको प्राप्ताङ्कमा जोडिने व्यवस्था गरिएको छ ।

वस्तुगत प्रश्नमा उत्तर गलत हुँदाप्रति गलत उत्तरको शून्य दशमलव दुई अङ्क कटौती गर्ने प्रावधान गरिएको छ ।

शिक्षकको अन्तर्वार्ताका लागि तोकिएको २५ अङ्कको नयाँ बाँडफाँट गरिएको छ । अन्तर्वार्ताका लागि १५ अङ्क, अनुभवबापत १० वर्षको बढीमा पाँच अङ्क, न्यूनतम शैक्षिक योग्यताका लागि तीन अङ्क र माथिल्लो शैक्षिक योग्यताका लागि दुई अङ्क दिने व्यवस्था नियमावलीमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस