अजय सुमार्गीको नेपाल स्याटलाइटको अनुमति पत्र खारेज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अजय सुमार्गीको नेपाल स्याटलाइटको अनुमति पत्र खारेज


२ भाद्र २०७६, सोमबार


काठमाडौँ । व्यापारी अजय राज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटलाइटको अनुमति पत्र खारेज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज भएको हो ।

हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

प्राधिकरणबाट ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र पाएको नेपाल स्याटलाइटले मध्य पश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा २०६४ फागुन ५ मा अनुमति पत्र पाएको थियो ।

प्रतिक्रिया दिनुहोस