पत्रकार पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पत्रकार पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो


२ भाद्र २०७६, सोमबार


चितवन । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो ।

नारायणगढ बसपार्कमा रहेको एक श्रेष्ठ पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको चितवनका प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर पुडासैनीलाई दिएको दृश्य भिडियोमा भेटिएको प्रहरीले जनाएको छ । सीसीटीभीमा कैद भएको भिडियो प्रहरीले अनुसन्धानका लागि लिएर प्रहरी हेडक्वाटर पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस