भारतीय विदेशमन्त्री जयशंकर भोलि नेपाल आउँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतीय विदेशमन्त्री जयशंकर भोलि नेपाल आउँदै


२ भाद्र २०७६, सोमबार


bharatia-bideshmantri-jayashankar-kathmandu

काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्कर भोलि नेपाल आउँदै छन् । बुधबार देखि नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन्। भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ।

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सहकार्यका धेरै क्षेत्रहरू जस्तै आर्थिक साझेदारीलाई विभिन्न क्षेत्रसँगको सञ्जालसँग जोड्दै व्यापार, भन्सार, पानीका स्रोत, संस्कृति, शिक्षा तथा अन्य आपसी हितका विषयमा छलफलसँगै नयाँ निर्णय हुने छ”।

नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो। यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो।

भारतीय विदेशमन्त्री जयशङ्कर नेपालमा रहँदाहुँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेकार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस