२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउताभिर गुफा जाने पदमार्ग निर्माण

अ+ अ-

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो ।

गाउँपालिकाबाट विनियोजन भएको रु पाँच लाख बजेटबाट दाङखोलादेखि तत्लो पूजा गर्ने थानसम्म पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर घर्तीले जानकारी दिए । तल्लो थानदेखि गुफासम्म जाने भिरमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत विनियोजन भएको १५ लाख बजेटबाट पदमार्ग निर्माण भएको छ ।

गाउँपालिका र प्रदेश सरकारको बजेटबाट कूल करीब ५०० मिटर पदमार्ग निर्माण गरिएको अध्यक्ष घर्तीले बताए । गुफा जाने बाटोमा रहेको अप्ठ्यारो भिरमा ११० मिटर पदमार्गसहित रेलिङसमेत निर्माण गरिएको छ । अक्करे भिरमा जोखिमपूर्ण यात्रा गरी गुफामा जानुपर्ने बाध्यता रहे पनि यस वर्ष पदमार्ग निर्माण भएपछि धेरै राहत मिलेको वडाध्यक्ष पिपला बुढाले बताए ।

भिरको बाटोमा व्यवस्थित पदमार्ग नहुँदा कतिपय पर्यटक र भक्तजन मुख्य गुफासम्म नै नपुगिकनै फर्कने गरेकामा पदमार्ग निर्माण भएसँगै सहजता मिलेको उनको भनाइ छ । बुद्ध जयन्तीको अवसरमा विशेष पूजा हुने यस गुफामा पुगेर दर्शन तथा पूजा गरेमा आफ्नो भाकल र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

यस गुफामा सुख, शान्ति र सफलताको कामनासँगै बच्चा नभएका दम्पतीले बच्चा प्राप्तिको लागि भाकल गर्ने चलन रहेको छ । यस गुफामा सिद्धको थान रहेकाले नरिवल चढाएर पूजा गर्नुको साथै भाकल गर्नेले परेवा, पाठालगायतको बलिसमेत दिने गरेको गुफाका पुजारी कर्णबहादुर घर्तीले जानकारी दिए ।

देउताभिर गुफाभित्र र परिसरमा हात्तीको सुँड, नाग सर्प, गाईको थुन, केरालगायतका आकर्षक आकृति दुरुस्तै देख्न सकिन्छ । देवीस्थानको मगर दाङबाट आधा घण्टाको ओरालो यात्रापछि पुगिने दाङखोला तरेर उकालो ४५ मिनेट हिँडेपछि देउताभिर गुफामा पुग्न सकिन्छ । रासस