असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम


३२ श्रावण २०७६, शनिबार


कावासोती । नवलपरासी पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो ।

बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताइन् । शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक विहीन ८८ बालबालिका रहेको तथ्याङ्क छ । “विस्तारै अन्य असहाय बालबालिकालाई रकम वितरण गछौँ”, नगरप्रमुख पुनले भने । कावासोतीलाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

मारुनी नाच संरक्षण गर्न सामग्री वितरण

नवलपरासी पूर्वदेवचुली नगरपालिका–९ ले मारुनी नाच संरक्षणका लागि विभिन्न सामग्री वितरण गरेको छ । मगर समुदायमा प्रचलित मारुनी नाच संरक्षणका लागि वाद्यवादनका सामग्री र पोशाक प्रदान गरिएको छ ।

मादल, मुजुरा, खैजरीलगायत सामग्री वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सारुले बताए । मगर समुदायमा प्रचलित मारुनी नाच पछिल्लो समय लोप हुँदै गएको छ । “संरक्षण र प्रर्वद्धनका लागि वाद्यवादन सामग्री र पोशाक वितरण गरेका हौँ”, उनले भने । मगर समुदायको परम्परागत संस्कृतीको बारेमा पछिल्लो पुस्ताले थाहा नपाउँदा संस्कृति लोप हुने अवस्थामा पुगेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस